पन्जसिरका लडाकुको आक्रमणमा परेर ३ सय तालिबानको मृत्यु

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १२ : १७


अफगानिस्तानको पन्जसिरमा रहेका तालिबानविरुद्धका लडाकुले आफ्नो आक्रमणमा ३ सय तालिबानहरु मारिएको दाबी गरेको छ। यसबीचमा देश छाडेर भागेका उपराष्ट्रपति अमरुल्ला सालेहले पनि पन्जसिर उपत्यकामा तालिबान पक्षलाई ठूलो क्षति भएको ट्विट गरेका छन्।

पन्जसिर लगायत केही स्थानमा अझै तालिबानले नियन्त्रण कायम गर्न सकेका छन्। सोमबार राति नै तालिबानहरु त्यसतर्फ अगाडि बढेका थिए। तालिबानविरुद्धको अभियानमा लागेका लडाकुहरुको एम्बुस र गोलाबारीमा परेर ३ सय तालिबान मारिएको बताइएको छ।

लडाकुले राजमार्ग छेकेका थिए। जसकारण तालिबानलाई बिचमा पारेर लडाकुले आक्रमण गरेको आशंका गरिएको छ। तालिबानले उनीहरुविरद्ध कडा आक्रमण गर्ने प्रयास गरेता पनि तालिबानविरद्धका लडाकु पनि युद्धको लागि तयार देखिएका छन्।

तालिबानविरुद्धका यी लडाकुहरु पूर्व सेना तथा प्रहरीहरुको समूह भएको बताइएको छ। उनीहरु लामो समयको युद्धको लागि तयार भएको बताइन्छ। यद्यपी तालिबानसँग वर्तामा बसेर आफ्नो माग पुरा गराउन पनि उनीहरु चाहने बताइन्छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्