तालिबानलाई खर्बपति मस्कको प्रश्नः कसैले मास्क लगाएका छैनन्, डेल्टा भेरियन्टबारे थाहा छ?

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : २२


विश्वका सबैभन्दा बढी धनाढ्यमध्येका एक खर्बपति इलोन मस्कले अफगानिस्तानका तालिबानको विषयमा एक ट्विट गरेका छन्, जुन निकै भाइरल भइरहेको छ।

अमेरिकी मस्कले तालिबान लडाकुको एक सामूहिक तस्बिर सार्वजनिक गर्दै भनेका छन्,‘हे भगवान, एक जनाले पनि मास्क लगाएका छैनन्।’ उनले ट्विटमा कोरोनाको डेल्टा भेरियन्टबारे उनीहरुलाई जानकारी छ या छैन भनेर पनि प्रश्न गरेका छन्।

यो ट्विट यतिबेला विश्वभर भाइरल भइरहेको छ। मस्कले सार्वजनिक गरेको तस्बिरमा तालिबानहरु अफगानिस्तानको राष्ट्रपति कार्यालयमा देखिएका छन्। उनीहरुले पुरै अफगानिस्तान कब्जा गरेपछि सो तस्बिर खिचाएका थिए। मस्कले कोरोना भाइरसले तालिबानलाई बिरामी बनाउँदैन भन्दै प्रश्न गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्