भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बालुवाटारमा

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : २६


काठमाडौं । भारतको जनता समाजवादी पार्टी (भाजपा) का विदेश विभागका प्रमुख डा.विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्।

चार दिने अनौपचारिक भ्रमणका क्रममा उनले आइतवार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन्।

देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी सबैभन्दा उच्चस्तरीय नेता हुन्।

बालुवाटार पुगेर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएका छन।

देउवा र चौथाइवाबीच सीमा विवाद, महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको विषयमा समेत छलफल भएको बुझिएको छ।

चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन्। चौथाइवालेको भ्रमणको उद्देश्य र भेटघाटका पात्रहरुको बारेमा खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस्