प्रहरीले पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेकोमा महासंघको आपत्ति

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : १५


काठमाडौं । नेपाल पत्रकार महासंघले लागूऔषध ओसारपोसारमा संलग्‍न भएको आरोप लगाउँदै पक्राउ गरिएका रौतहटका पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागूऔषध राखेर फसाउन खोजेको बताएका छ।

रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागूपदार्थ राखेर पक्राउ गर्न लगाएको खुलेको हो।

पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागूऔषध राखेर पक्राउ गरिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले विज्ञप्ति निकालेर होटेल ग्रीन सिग्नल अगाडि रोकिराखेको मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साह लगायकतका र अन्य बाहिरी व्यक्तिहरुको संलग्नतामा लागूऔषध राखिएको भन्दै घोर भत्सर्ना गर्दै दोषीमाथि कडा कारबाहीको माग राखेको छ।


प्रतिक्रिया दिनुहोस्