तालिबानको हातबाट अर्को विद्रोही समूहले गर्यो ३ जिल्ला कब्जा

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ०३


काबुल । अफगानिस्तानको बग्लान प्रान्तका केहि जिल्ला अफगान सरकारको एक वफादार गुटले तालिबान लडाकुहरुलाई पराजित गरी कब्जामा लिएको छ।

बीबीसीका अनुसार तालिबानबाट कब्जा गरिएका तीन जिल्लाहरु पाली हिसार, डि सलाह र बानो छन्।

अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको पञ्जशीर उपत्यका तालिबानको बिरूद्ध प्रतिरोधको अन्तिम प्रमुख गढ मानिन्छ।

काबुलको उत्तरमा हिन्दुकुश पहाडले घेरिएको पञ्जशीर उपत्यका लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा परिचित छ।

विश्लेषकहरुका अनुसार यदि तालिबानले पञ्जशिरमा हमला गरे भने त्यहाँ भेला भएका बिद्रोही समूहहरु उनीहरुसंग लड्नेछन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्