अमेरिकी दुतावासले भर्चुअल गाइजात्रा गर्ने

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ५ : १७


काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले यसपाली भर्चुअल रुपमा गाइजात्रा महोत्सव आयोजना गर्ने भएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, अभियन्ता तथा मानवअधिकारकर्मी एन्जल लामा, लेखक निरञ्जन कुँवर र चर्चित लोकगायक प्रकाश सपुतका साथ भर्चुअल रुपमा गाईजात्रा महोत्सव गर्ने दूतावासले जनाएको छ।

पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले सञ्चालन गर्ने उक्त कार्यक्रमको अमेरिकी दूतावासको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

 


प्रतिक्रिया दिनुहोस्