काठमाडौं-विराटनगर हवाई भाडा २ हजार मात्र

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ४ : ५६


काठमाडौं । यती एअरलाइन्सले काठमाडौं-विराटनगर हवाई भाडामा विशेष छुट दिएको छ।

कम्पनीले जनै पूर्णिमाको अवसरमा विशेष अफर ल्याएको हो।

एयरलाइन्सले भदौ ६ र ७ गतेको लागि काठमाडौं-विराटनगरका लागि २ हजार, काठमाडौं–भद्रपुरका लागि २ हजार २ सय र काठमाडौं नेपालगञ्जको २ हजार ४ सय एकतर्फी भाडा निर्धारण गरेको हो। यो सहुलियत प्रयोग गर्न यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटमा प्रमो कोड ‘क्‍वाटी’ प्रयोग गर्नुपर्ने छ।

अहिले काठमाडौंबाट बिराटनगर जान सामान्य गाडीकै भाडा १ हजार बढी पर्छ।

 


प्रतिक्रिया दिनुहोस्