शाही र वलीलाई पदमुक्त नगर्ने सभामुखलाई ठेगान लगाउने एमालेको चेतावनी

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ४ : ४८


काठमाडौं । लुम्बिनी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्य अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएपछि एमलो आक्रोशित बनेको छ।

एमाले संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरेरै सभामुख पूर्णकुमार घर्तीले सभामुखको पदीय आचरणविपरीत आफैं न्यायाधीश बन्न खोजेको आरोप लगाएको छ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् सांसद बैजनाथ चौधरीले भने ‘सभामुखजस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पदअनुकुल आचरण नगर्नु आपत्तिजनक छ ।’

चौधरीले सभामुख न्यायाधीश बन्न खोजेको आरोप लगाउँदै कानुनको खिल्ली उडाउनेलाई कानुनी सबक सिकाउने बताउँदै कारवाहीलाई अगाडि नबढाए प्रदेशसभा चल्न नदिने बताए।

 


प्रतिक्रिया दिनुहोस्