बिल धेरै निकालेको भन्दै होटलमा बम राखेपछि..

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ३ : १२


काठमाडौं । भक्तपुरको एक होटलमा बिल धेरै निकालेको भन्दै बम राखेको आरोपमा युवक पक्राउ परेका छन।

पक्राउ पर्नेमा काँभ्रेको तेमाल गाउँपालिका–२ डाडाँगाउँ घर भएका ३२ वर्षीय नवीन तामाङ छन।

प्रहरीका अनुसार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ मा रहेको दिव्येश्वरी गेस्ट हाउसमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि तामाङलाई पक्राउ गरिएको हो।

उनले गेष्टहाउसको कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु राखेका थिए।

गेस्ट हाउसमा बम राखिएको खबर आएपछि नेपाली सेनाको बम डिस्पोजल टोली सो स्थानमा पुगेको थियो।

उक्त वस्तुलाई निष्क्रिय पार्दा विस्फोटक पदार्थ फेला परेन।

होटलमा केही समयदेखि बस्दै आएका ग्राहकले सञ्चालकसँग झगडा गरिरहेको खुलेपछि उनलाई सोधपुछ गर्दा तामाङले सो बस्तु राखेको स्वीकारेका हुन।

सोधपुछ गर्ने क्रममा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको उनले प्रहरीलाई बताएका छन।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्