‘कुरा बुझ्न पर्च’ गीतलाई २ हप्तामै करोड भ्युज

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  २ : ५७


काठमाडौं । पछिल्लो समय चर्चामा रहेको ‘कुरा बुझ्न पर्च’ गीत युट्टयुबको ट्रेन्डिङमा पर्न सफल भएको छ।

प्रकाश सपुतको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा दुई सातामै १ करोड ९९ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ।

गायक तथा सर्जक प्रकाश सपुतको रचना र सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ।

गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका छन्। भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ।


प्रतिक्रिया दिनुहोस्