काबुल एयरपोर्ट बाहिर हुलदंगा हुँदा ७ जनाको मृत्यु

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  २ : ५०


काबुल । काबुल एयरपोर्ट बाहिर हुलदंगा हुँदा कम्तिमा ७ जना अफागनीको मृत्यु भएको छ।

शनिबार बेलायती रक्षा मन्त्रालयले यो जानकारी दिएको हो।

तालिबानले सत्ताकब्जा गरेपछि देश बाहिर जाने आशामा मानिसहरु विमानस्थल बाहिर जम्मा भएका छन्।

मन्त्रालयको बयानमा भनिएको छ, ‘अफगानिस्तानको भूमि अहिले धेरै नै चुनौतीपूर्ण बनिरहेको छ। तर जतिसक्दो सुरक्षा दिएर सम्हाल्ने कोसिस गरिरहेका छौं।’

हजारौं अफगान नागरिक देशबाट निस्किने प्रयास गरिरहेका छन्, जसले गर्दा काबुलको विमानस्थलमा भागदौड मच्चिरहेको छ। कतिपय अफागनीहरु निशुल्क विदेश जान पाइने आशामा समेत एयरपोर्टमा जम्मा भएका हुन।

 


प्रतिक्रिया दिनुहोस्