शान्ता चौधरी भन्छिन्-‘माधव नेपालले आफ्नै पार्टीको सरकार ढाले, विरोध नगरेर अब म के गरुँ?’

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  २ : ३५


काठमाडौं । नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले आफूले पार्टी विरोधी गतिविधि गर्नेको विरोध गरेको स्पष्ट पारेकी छन।

नेकपा एमालेबाट अलग भएर वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाएपछि शान्ता निरन्तर विरोधमा उत्रिदै आएकी छन।

आफूलाई राजनीतिकमा ल्याउने नेताको नै विरोध गरेको तथा केपी ओलीको पक्ष लिएको भन्दै सामाजिक सञ्जालमा चौधरीको आलोचना पनि भइरहेको छ।

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा नेतृ चौधरीलाई लक्षित नै गरि स्टाटस लेखेका थिए।


सो को जवाफमा उनले पार्टीविरुद्ध गतिविधि गर्नेहरुको विरोध जारी राख्दे बताएकी छन।


प्रतिक्रिया दिनुहोस्