माधव नेपाल छाडेर तटस्थ बसेका नेतालाई संग्रौलाको सझुाव-‘नाटक बन्द गर्नुस्’

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  २ : ११


काठमाडौं । वरिष्ठ अधिवक्ता डा.युवराज संग्रौलाले माधव नेपाल पक्षलाई छाडेर तटस्थ बनेका नेताहरुलाई अब एकताबादी नबन्न सुझाव दिएका छन।

केपी ओली विरुद्धको मोर्चामा सुरुवाति दिनदेखिनै माधव नेपालसँग रहेका नेताहरु अहिले तटस्थ बसेका छन्।

ती नेताहरूको नै यो अवस्था आउन ठूलो भूमिका रहेको भन्दै अब एकतावादी देखिने नाटक बन्द गर्न सुझाव दिएका छन्।

संग्रौलाले यो समूह माधव नेपालको पार्टीमा गए पनि अर्को गुट बन्ने र एमालेमा जाँदा पनि समस्या नै सिर्जना गर्ने भन्दै उनीहरूको हैसियत बच्चा जन्मिदा सँगै निस्कने सालको जस्तो भएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्