प्रकाशमानको अडान– सभापतिमा उठ्छु, पछाडि हट्दिनँ

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ४१


नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने अडान दोहोर्‍याएका छन्।

मंसिरमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्ने र पछि नहट्ने उनको भनाइ छ।

‘म सम्पूर्ण रूपले सभापति बन्न सक्षम छु। सभापतिमा उठ्ने हो, पछि हट्दिनँ’, सिंहले शनिबार काठमाडौंको चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा भने।

सबैलाई मिलाएर लैजान सक्ने र पार्टी सञ्चालन गर्न सक्ने भएकोले पनि आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने सिंहको अडान छ।


प्रतिक्रिया दिनुहोस्