प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ७ : ४४


प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भानु देउवा यसअघि पनि उहाँको प्रमुख स्वकीय सचिव रहिसकेका छन।

प्रधानमन्त्री देउवा गत असार २९ गते मुलुकको पाँचौं पटक प्रधानमन्त्री भएका थिए। रासस


प्रतिक्रिया दिनुहोस्