मनिप्लान्ट सहकारीको लगानी सवा अर्ब माथि

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १ : २५


काठमाडौँ । मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौंले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ । संस्थाले सो अवधिमा लगानी बिस्तार गर्दै करिब सवा अर्ब माथि लगानी गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा संस्थाको ऋण लगानी २० प्रतिशतले वृद्धि भएको बताइएको छ । आउने आर्थिक वर्षमा वासलात डेढ अर्ब पुर्‍याउने संस्थाको लक्ष्य रहेको व्यवस्थापक ओमबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

बाह्र वर्ष अगाडी शेयर सदस्यहरू बाट जम्मा भएको करिब ६२ लाख रकम बाट सुरु भएको सहकारीले ५१ लाख रकम करमा योगदान गर्न सफल भएको अध्यक्ष सुदर्शन पराजुलीले बताउनु भएको छ ।

‘समृद्धिको प्रतीक’ मनिप्लान्ट वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं उपत्यकाका सहकारीहरुका माझमा २०६६ सालमा स्थापित सहकारी हो । सहकारी ऐन २०४८ अनुसार काठमाडौ वडा नं. ९, १०, ३३, ३४ र ३५ (हाल ९, १०, ३२, ३३ र ३४ ) लाई कार्यक्षेत्र बनाएर सदस्यहरुका स्वावलम्बन तथा स्थानीय उत्पादन सम्बन्धी व्यवसायका क्षेत्रमा विशेष प्रोत्साहन गर्दै कर्जा तथा अन्य सहुलियत प्रदान गर्देै आइरहेको छ । एक दशक लामो सेवा अवधिमा आफ्नो कार्य क्षेत्रमा सदस्यहरुको समग्र आर्थिक, सामाजिक उन्नतिका लागि अनवरत नयाँ नयाँ योजना सञ्चालन गर्दै आएको छ ।

काठमाडौ महानगरपालिका वडा नं. ३२ मीनभवन (नागरिक अस्पताल अगाडि) All in One Mart बचत कम्प्लेक्समा कार्यालय रहेको यस वित्तीय संस्थाले कृषि, घरेलु व्यावसाय, पशु व्यावसाय, शिक्षा, सवारीसाधन, आवास, हस्तशिल्प आदिको बजारीकरणका लागि सरल रुपमा कर्जा लगानी गरी आफ्नो सदस्य तथा तिनका परिवारलाई सहयोग गरिरहेको छ । नेपालभरका आफ्नो सदस्यको अर्थिक उन्नतिका लागि स्थापना भएको मनिप्लान्टले हाल सम्म पनि उत्पादन मुखी व्यवसायलाई जोड दिंदै विद्युत उत्पादन, पर्यटन व्यावसाय, वातावरण मैत्री जैविक उत्पादन आदिमा समेत लगानी गरिरहेको छ ।

आर्थिक समानता र भेदभाव रहित सहभागिताका लागि सबै सदस्यको समान लगानीमा सञ्चालित यस संस्थामा पूर्णं प्रजातान्त्रिक परिपाटीमा सहकारी विभागका सबै निर्देशनहरुको पूर्ण पालना गरिरहेको छ । सञ्चालक समिति तथा अन्य आधा दर्जन बढी समिति, उप समितिहरुको सञ्जालमा बाँधिएर पूर्ण उत्साह र अपनत्वका साथ सबै सदस्यहरुले समान सहयोग र प्रयास गरैकै कारण मनिप्लान्ट साकोस उपत्यकाका उत्कृष्ट सहकारीमा गनिन सफल भएको संस्थाले जानाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्