अफगानिस्तान छाडिरहेका अमेरिकीलाई तालिबानले कुटपिट गरे: अमेरिकी रक्षामन्त्री 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १२ : ०७


अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले शुक्रबार अफगानिस्तान छाडिरहेका अमेरिकी नागरिकलाई तालिबान लडाकुले कुटपिट गरिरहेको बताएका छन्। अस्टिनले अमेरिकी सांसदहरुलाई अमेरिकीमाथि तालिबानले कुटपिट गरिरहेको जानकारी दिएका हुन्।

यद्यपी राष्ट्रपति बाइडेनले भने कोही अमेरिकलाई तालिबानले समस्यामा नपारेको दाबी गरेका छन्। काबुलमा रहेको विमानस्थलबाट हाल अमेरिकीहरुलाई उद्धार गर्न थालिएको छ। यसबीचमा बिच बाटोमा भने अमेरिकी नागरिकहरुमाथि कुटपिट भएको आफूले जानकारी प्राप्त गरेको अस्टिनले बताएका हुन्।

अमेरिकी नागरिक तथा कूटनीतिज्ञलाई ३१ अगस्टसम्म उद्धार गरिने अमेरिकाले बताएको थियो। हाल दैनिक उद्धार कार्य जारी राखिएको छ। तालिबानले अमेरिकीमाथि हातपात गर्नु अस्वीकार्य भएको बताउँदै अस्टिनले भनेका छन्,‘हामी तालिबानद्वारा अमेरिकीमाथि ज्यादती र कुटपिट भएको घटनाबारे सचेत छौं। यो अस्वीकार्य छ र जुन तालिबान नेतालाई पनि थाहा छ।’ एससीएमपी


प्रतिक्रिया दिनुहोस्