खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन हो?

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ४१


सामाजिक संजालमा कोरोना भाइरस साथै यो विरुद्ध बनेका खोपबारे जानकारी नहुँदा यसबारे अफवाह र भ्रम फैलिरहेको पाएपछि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रमलाई चिर्ने अभियान संचालन गरेको छ। सामाजिक संजाल फेसबुक तथा ट्विटरमा मन्त्रालयले त्यस्ता भ्रम चिर्न सन्देश र जानकारीमूलक सूचनाहरु पोस्ट गर्न थालेको छ।

धेरैले खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन हो? भन्ने जिज्ञासा आएपछि स्वास्थ्य मन्त्रालयले भनेको छ,‘कोभिड–१९ विरुद्धको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन होला भन्नु भ्रम हो। खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन। कोभिड खोप लगाएपछि कसैमा असर देखिन्छ, कसैमा देखिँदैन। यी दुवै अवस्थामा खोपले काम गर्छ।’May be an image of text that says 'खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्देन हो? होइन कोमिड-१९ विरुद्ुको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम नै गर्देन होला भन्ने कुरा भ्रम हो खोप लगाएपदि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन कोमिड-१९ विरुद्ुको खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ दुवै अवस्थामा खोपले काम गर्द| खोपले दिने सुरक्षा र खोपको असर बीच कुने प्रत्यक्ष सम्बन्ध छैन| कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौ लगाओँ भौतिक दूरी कायम गराँ नेपाल बेलाबेलामा साबुनपानीले जनसंख्या मन्त्रालय राष्ट्रय स्वास्थ्य शिक्षा, सूचना तथा सत्चार केन्द्र धोआँ'यस्तै मन्त्रालयको अर्को फेसबुक पोस्टमा अर्को पनि सन्देशमूलक सूचना छ। त्यहाँ प्रश्न गरिएको छः के कोरोना लागेर सन्चो भएका मानिसले पनि खोप लगाउनुपर्छ? उत्तरमा भनिएको छ,‘पर्छ, पहिले नै कोभिड संक्रमण भएर अहिले सन्चो भइसकेकाले पनि खोप लगाउनुपर्छ। एकपटक कोरोना लागिसकेका व्यक्तिले कोभिडविरुद्ध प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्तिअनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने अहिलेसम्म यकिन गर्न सकिएको छैन। त्यसैले कोभिड लागेर निको भएकाहरुले १ महिनापछि आफ्नो पालो आएपछि खोप लगाउनु पर्छ।May be an image of text that says 'केकोमिड-१९ लागेर सज्चो भइसकेकाले पनि कोमिड-१९ विरुद्रको खोप लगाउनु पर्? पर्छ पहिले नै कोभिड-१९ संक्रमण भएर अहिले सत्चो भइसकेकाहरुले पनि कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ल एकपटक कोभिड-१९ लागिसकेको व्यक्तिले कोभिड-१ विरुद्ध प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक हुन्छ यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि आहिलेसम्म यकिन गर्न सकिएको छैन त्यसैले कोभिड लागेर निको भएको ৭ महिनापल्ठि आफ्नो पालो आए पछि खोप लगाउनु पर् कोरोना संत्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालना गरौ मास्क लगाओँ भौतिक दूरी कायम गराँ नेपाल बेलाबेलामा साबुनपानीले जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सत्चार केन्द्र धोऔ'


प्रतिक्रिया दिनुहोस्