पाकिस्तानमा फेरि चिनियाँ इन्जिनियर लक्षित आक्रमण हुँदा दुईको मृत्यु

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : ५०


पाकिस्तानको ब्लुचिस्तानको तटीय शहर ग्वादरमा भएको बम विस्फोटनमा दुई बालबालिकाको मृत्यु भएको छ। शुक्रबार भएको यस आक्रमणमा अन्य दुई जना घाइते भएका छन्। पाकिस्तानको विदेश मन्त्रालयका अनुसार यो आत्मघाती आक्रमण थियो जहाँ एक चिनियाँ इन्जिनियर घाइते भएका छन्।

ग्वादर प्रशासनले बीबीसीलाई दिएको जानकारीअनुसार यो विस्फोटन नगौरी वार्ड क्षेत्रमा निर्माणाधीन एक्सप्रेस वेमा भएको हो। ग्वादरको पूर्वी तटमा यो सडक गएको तीन वर्षयता निर्माणाधीन छ। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार शुक्रबार तीन गाडिमा चिनियाँ इन्जिनियरलाई सेना र प्रहरीले स्कोर्टिङ गरेर लगिरहेका थिए।

प्रहरी र सेना हुँदा पनि आत्मघाती आक्रमण भएको बताइएको छ। यसअघि गत महिना पनि पाकिस्तानी इन्जिनियर लक्षित कारबम विस्फोटन भएको थियो। त्यसबेला चिनियाँ इन्जिनियरहरु चढेको बसमा आक्रमण हुँदा १३ जनाको मृत्यु भएको थियो। जसमध्ये ९ जना चिनियाँ इन्जिनियरहरु थिए। बस ढासु बाँध परियोजनातर्फ जाँदै थियो जहाँ चिनियाँ इन्जिनियरहरु काम गर्थे। सोही बेलादेखि चिनियाँ इन्जिनियरहरुलाई त्यहाँ विशेष सुरक्षा दिइएको छ। यद्यपी आक्रमणको घटना रोकिन सकेको छैन।

पाकिस्तानले यो आक्रमणमा भारतीय अनुसन्धान एजेन्सी ‘रअ’ र अफगानिस्तानको असरफ गनी सरकार दोषी पाइएको जनाएको थियो।

वास्तवमा ढासु लजविद्युुत आयोजना चीन र पाकिस्तानको आर्थिक कोरिडोर सीपेक अन्तर्गत निर्माण भइरहेको छ। चीनको बीआरआई परियोजनाबाट यसका लागि ६५ अर्ब अमेरिकी डलर लगानी भएको छ।

भारत लगायत पश्चिमा राष्ट्रले भने चीनको बीआरआईलाई ऋणको पासोको रुपमा व्यख्या गरेका छन्। तर चीनले बीआरआई चीनको पासो भए यसमा ५० भन्दा बढी राष्ट्र आवद्ध नुहने बताउँदै आएको छ। चिनियाँ इन्जिनियर लक्षित आक्रमण भएपछि यी घटनाहरुलाई गम्भीरताका साथ लिइएको छ।


प्रतिक्रिया दिनुहोस्