वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापाको निधन

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : ३४


वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। एक महिना अगाडि कोरोना संक्रमण भएर उपचाररत थापाको शनिबार बिहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको हो।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, महसञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए।

केही ठूला पर्दाका​ चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए। थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।

उनको निधनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्