सचिव शर्मा र सुवेदीको पदस्थापन, लुम्बिनीको प्रमुख सचिव बने डिल्लीराम

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ८ : २५


सरकारले सचिवद्वय डिल्लीराम शर्मा र भरतमणि सुवेदीको सरुवा र पदस्थापना गरेको छ ।

शर्मा र सुवेदीलाई हिजो बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

शर्मालाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्