इस्माइल साब्री याकोब बने मलेसियाको नयाँ प्रधानमन्त्री

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ३३


क्वालालम्पुर । पूर्व उपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ।

मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ।

संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उहाँ सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बन्नुभएको छ।

एकसट्ठी बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ)का एक अनुभवी राजनीतिज्ञ हुनुहुन्छ र जुलाईमा उप प्रधानमन्त्री नियुक्त हुनु पूर्व रक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गर्नुभएको थियो चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्