बदला नलिने वाचाबीच तालिबानद्वारा प्रान्तीय प्रहरी प्रमुख मारिए!

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ५३


काबुल । कुनै पनि सुरक्षा निकायका अधिकारीहरुसँग बदला नलिने तालिबानको घोषणाका बीच अफगानिस्तानका प्रान्तीय प्रहरी प्रमुखको हत्या भएको बताइएको छ।

प्रमुख जनरल हाजी मुल्ला आचाकजाईलाई गोली हानी मारिएको भिडियो सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

तालिबान लडाकूहरुले खिचेको सो भिडियोमा प्रहरी अधिकारीलाई क्रूरतापूर्वक मारिएको देखिएको छ।

अफगानिस्तानको सशस्त्र बलमा सेवारत हाजी मुल्ला तालिबानको कब्जामा परेका बेला हेरात शहर नजिकैको बाघिस प्रान्तको प्रहरी प्रमुखको रुपमा कार्यरत थिए।

सत्ताकब्जा गरेपछि तालिबानले आफ्ना सबै दुश्मनहरुलाई आममाफी दिएको घोषणा गरेको थियो।

अब अफगानिस्तान युद्धको भूमि नहुने समेत उनीहरुको प्रतिज्ञा थियो। तर, विभिन्न शहरहरुमा गोली चलेका आवाज सुनिने गरेका छन।

अफगानिस्तान कब्जा गरेपछि तालिबानले हाल घरघरमा गएर पूर्ववर्ती सरकारका समर्थकहरूको खोजी गरिरहेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्