एकताका सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ पार्टी खोल्यौं : माधव नेपाल

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : ५२


काठमाडौं । नयाँ पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई एमाले वरिष्ठ नेता झलनाथ खनालले साथ दिने भएका छन।

हाल भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा उपचार गराईरहेका नेता खनालले माधव नेपालको पार्टीमा जाने सन्देश पठाएको उनको सचिवालयले जनाएको छ।

केपी शर्मा ओली विरुद्धको मोर्चामा सुरुवाति अवस्थादेखिनै एकैमोर्चामा रहेका दोस्रो तहका धेरै नेताहरुले साथ छाडेपनि खनाल भने नेपाललाई साथ दिन तयार भएका हुन।


यसैबीच, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले बाध्य भएर नयाँ पार्टी दर्ता गरेको बताएका छन।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता नेपालले पार्टी एकताका सबै ढोका बन्द भएपछि बाध्य भएर नयाँ दल गठन गर्नुपरेको उल्लेख गरेका छन्।

यस्तो छ नेता नेपालको वक्तव्य


प्रतिक्रिया दिनुहोस्