माओवादी आक्रमणमा २ भारतीय प्रहरीको मृत्यु

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ४ : ५३


नयाँ दिल्ली । भारतको छत्तिसगढमा माओवादी आक्रमणमा परेर २ सुरक्षाकर्मीको ज्यान गएको छ।

छत्तिसगढस्थित नारायणपुर जिल्लामा नक्सलवादीहरुले प्रहरी क्याम्प नजिकै आक्रमण गरेका हुन।

उनीहरुले २ इन्डो टिब्बेटियन बोर्डर पुलिसका जवानको ज्यान लिनुका साथै हतियार समेत लुटेर लगेको भारतीय सञ्चार माध्यमले जनाएका छन।

सो क्षेत्र माओवादीहरुको प्रभाव भएको इलाका हो।


प्रतिक्रिया दिनुहोस्