अमेरिकी पत्रकारलाई तालिबान कार्यकर्ताले बन्दुक देखाएपछि..(भिडियो)

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ४ : १३


काबुल । अफगानिस्तानमा तालिबानले सत्ताकब्जा गरेपछि डर र आतंक सिर्जना भएको छ। तर, तालिबानका शीर्ष नेताहरु भने आफूहरुबाट डराउनु नपर्ने र पूर्ण रुपमा सुरक्षित महसुस गर्न आश्वासन दिइरहेका छन।

तालिबानका नेताहरुको आश्वासनका बाबजुत विभिन्न शहरमा गोली चलिरहेको छ।

तालिबान कार्यकर्ताले आफ्नो बिरोधीमाथि निशाना बनाउने गरेका छन। यसैबीच, तालिबानले अफनानिस्तानको सत्ताकब्जा गरेपछि रिपोर्टिंगका लागि काबुल पुगेकी सिएननकी एक पत्रकारमाथि दुव्र्यवहार भएको छ।

अफगानिस्तानको वर्तमान स्थिति बारे रिपोर्टिंग गरिरहेकी सीएनएनकी महिला पत्रकार क्लारिसा वार्डलाई तालिबान कार्यकर्ताले बन्दुक देखाउँदै रोकेका थिए। सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।


प्रतिक्रिया दिनुहोस्