काँग्रेसले पनि सरकार चलाउन नसक्ने भो : पशुपति शमशेर राणा

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : १५


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे।

ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले तिन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गरे।

उनले भने–‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको । त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो । दुवै ठुला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो। अर्को ठुला पार्टीले मलाई लाग्छ तिन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन ।’

अध्यक्ष जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडी बढ्ने दोहो¥याए।

राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अगाडी बढ्ने उनको भनाई छ। उनले भने – ‘महाधिवेशन सिद्ध गरी महाधिवेशनबाट उत्पन्न भएको दह्रो राष्ट्रिय प्रजातन्त्र पार्टी जसमा धेरै नयाँ प्रवेशीहरु आइसकेका हुन्छन्, त्यो बखत राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो झण्डा फर्फराएर हिन्दुत्व, राजसंस्था लगायत मुलुकको प्रगतिको लागि अगाडी बढ्छ ।’

अध्यक्ष जबराले आफुहरुले मुलुकलाई सुशासन दिने पनि उल्लेख गरे।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका सप्तरी जिल्लाका प्रभावशाली नेताहरु र स्वतन्त्र नागरिहरुले सो अवसरमा राप्रपामा प्रवेश गरेका थिए ।

२०५४ सालको स्थानीय निर्वाचनमा राजविराज नगरपलिकाको मेयर पदको प्रत्यासी, नेपाली कांग्रेसको महासमिति सदस्य उमेश प्रसाद साहको नेतृत्वमा ५७ जनाले राप्रपाको सदस्यता ग्रहण गरे ।

नवप्रवेशीहरुलाई राप्रपा सचिवालय प्रमुख ध्रुव प्रधानले स्वागत गरे । धार्मिक आस्था र परम्परागत मूल्यमा अडेको राप्रपा नै हालको विकल्प भएको दावी गरे ।

नवप्रवेशी उमेश प्रसाद साहले भने, ‘म वीपी कोइराला र गिरीजाप्रसाद कोइरालासँग काम गरेका व्यक्ति हुँ । राजनीतिक जीवनमा मैले जेलनेल व्यहोरेको छु । विगत जे भए पनि, वर्तमान परिवेशमा मैले र मेरा साथीहरुले सही राजनीतिक पार्टी रोजेका छौं । राजसंस्था र हिन्दुराष्ट्र नै समयको माग हो ।’

राप्रपा सप्तरी जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा महासमिति सदस्य तथा नेपाल एयरलाइन्सका पूर्वनिर्देशक र इन्जीनियर राजकुमार चौधरी, सुरेन्द्र्र कुमार साह, रामबहादुर साफी, मुकेश साफी, हरदेव सोनार, करण साफी, जानकी रजक, प्रभात सहनी, अशोक रजक, भगवान गुप्ता, सिफैत लाल खंग, छट्टुलाल खंग, हरीदेव मण्डल, शिवजी सदा, शंकर साह र लालु दास थिए ।

यसैगरी नेकपा परित्याग गरी राप्रपा प्रवेश गर्नेहरुमा एमालेसम्वद्ध शिक्षक संगठन जिल्ला सदस्य जया कुमारी महतो, काजल महतो, निलम देवी सदा र राजकुमार सदा छन् । नेकपा माओवादीबाट राप्रपामा आवद्ध हुनेहरुमा जाकिर रजक, अबदल गनी, सुशीला दास, निर्मला सहनी र चन्दु मिश्र थिए ।

राप्रपामा प्रवेश गर्ने स्वतन्त्रहरुमा शंकर साह, हरीदेव मण्डल, वालसुन्दर खंग, शत्रुघन प्रसाद गुप्ता, अरविन्द साह, रवी साह, गणेश सहनी, श्रीमति सावित्री देवी, हनुषा देवी साह, वैद्यनाथ यादव, कपिलेश्वर मण्डल तथा कुपीरामपूरा मण्डल लगायत थिए।


प्रतिक्रिया दिनुहोस्