माधव नेपालको पार्टीको नामबाट एमाले हटाइयो

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : ०६


काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको नामबाट ‘एमाले’ हटाएका छन।

यसअघि नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी राखेको थियो । अब भने सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन्।

यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेपछि नेपाल पक्षले नाम फेरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्