विमानमा झुन्डिएर अमेरिका जान खोज्दा अफगान राष्ट्रिय टोलीका एक खेलाडीको मृत्यु

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ११ : ५५


विमानमा झुन्डिएर अमेरिका जाने प्रयास गर्दा अफगानिस्तानका एक युवा फुटबल खेलाडीको विमानबाट खसेर मृत्यु भएको छ। उनी विमानमा लुकेर जाने प्रयास गरिरहेका थिए। तर आकाशमा पुगिसकेको विमानबाट खस्दा उनको ज्यान गएको हो।

अफगानिस्तानको प्रशासनले १९ वर्षका जकी अनवरीको मृत्यु भएको पुष्टि गरेको छ। उनको कहिले मृत्यु भएको भनेर समय खुलाइएको छैन। यद्यपी गत सोमबार उनको मृत्यु भएको बताइएको छ। उनले राष्ट्रिय टोलीको युवा टोलीबाट खेलिसकेका थिए।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले ३१ अगस्टसम्म उद्धारकार्य जारी राखेको छ। सो क्रममा अमेरिकाले आफ्ना नागरिक तथा कूटनीतिज्ञहरु उसले उद्धार गरिरहेको छ। यसबीचमा विमानमा झुन्डिएरै अफगान नागरिहरु अमेरिका जाने प्रयास गरिरहेका छन्।

स्थानीय संचारमाध्यले गत सोमबार अमेरिकी विमानबाट कम्तिामा दुई जनाको लडेर मृत्यु भएको जनाएको थियो। सोही दिन अनवरीको मृत्यु भएको आशंका गरिएको छ। अफगानिस्तानको शारीरिक शिक्षा एवं खेल महानिर्देशनालयले फेसबुकमा अनवरीको मृत्यु भएको भन्दै दुःख व्यक्त गरेको छ। बीबीसी

भिडिओ


प्रतिक्रिया दिनुहोस्