आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ५५


तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उहाँ घर छाडेर हिँडेको बताइएको छ । उहाँ हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उहाँको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । “ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो”, गुरुङले भन्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस्