काठमाडौंमा भोलिबाट यी ठाउँमा भेरोसेल खोप लगाइने

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ८ : २९


काठमाडौं । काठमाडौं उपत्यकामा भोलिबाट कोरोना भाइरस विरुद्ध भेरोसेल खोप लगाइने भएको छ।

वर्षमाथिका नागरिकलाई शुक्रबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

अधिकारीहरुका अनुसार ४–६ गतेसम्म खोप अभियान सञ्चालन हुने छ।

यस्तै, कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई भने भदौ ९ गतेदेखि दोस्रो डोज पाउने भएका छन्।

पहिलो खोप लगाएकाहरुका लागि दोस्रो डोज लगाउने अभियान ९ गतेबाट सुरु हुन लागेको हो।

काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने छ।


प्रतिक्रिया दिनुहोस्