पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको नेतृत्वमा ‘हिन्दूराष्ट्र जागरण’ अभियान सुरु

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ८ : १६


काठमाडौं । नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको नेतृत्वमा हिन्दू राष्ट्र जागरण अभियान सुरु भएको छ।

बिहिबार राजधानीमा एक कार्यक्रममा बीच नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने मागसहित नयाँ अभियान सुरु गरिएको हो।

कार्यक्रममा पूर्वसेनापति कटुवालले नेपालमा हिन्दू संस्कृतिले नै सबैलाई जोड्न सक्ने भन्दै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य रहेको बताए।

विधर्मीको लहैलहैमा बगेर जानाले नै देशमा अनेक समस्या आइपरेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्