टपलेस फोटो सेयर गरेपछि ब्रिट्नी भन्छिन्ः जन्मिदा मैले कपडा लगाएको थिइन्

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ५ : ३६


अमेरिकाकी चर्चित गायिका ब्रिट्नी स्पियर्सले पछिल्लो समय सामाजिक संजाल इन्स्टाग्राममा टपलेस फोटोहरु सार्वजनिक गरेकी छिन्। उनले ब्रा नलगाएको तस्बिरहरु सार्वजनिक गरेकी छिन्। वास्तवमा लामो समयपछिको तनावपूर्ण जीवनपछि यतिबेला उनी स्वतन्त्र महसुस गरिरहेकी छिन्।

उनले टपलेस फोटो पोस्ट गर्नुको कारण खुलाउँदै भनेकी छिन्,‘म यो संसारमा जन्मिँदा नांगै जन्मिएको थिए।’ उनले आफैंलाई शुद्ध रुपमा हेर्न पनि टपलेस हुनुपरेको बताएकी छिन्।

अमेरिकी पपस्टार ब्रिट्नी स्पियर्स पिताको संरक्षकत्वबाट हालै मुक्त भएकी छिन् र उनले स्वतन्त्र महसुस गरिरहेकी छिन्। उनले संरक्षकत्वलाई दुर्व्यवहारपूर्ण व्यवस्था भनेकी थिइन्। उनले पिताले आफूलाई शतप्रतिशत नियन्त्रणमा राखेको बताउँदै पिताकै कारण आफ्नो थप सन्तान जन्माउन पाउने अधिकार खोसिएको उल्लेख गरेकी थिइन्।

सन् २००८ मा अदालतले जेमी स्पियर्सलाई उनको छोरीको गतिविधिमाथि नियन्त्रण गर्ने गरी संरक्षकको अधिकार दिएको थियो। सो आदेश गायिका स्पियर्स मानसिक स्वास्थ्यसम्बन्धी चिन्ताका कारण अस्पताल भर्ना भएपछि दिइएको थियो।

स्पियर्सले पिताका कारण स्वतन्त्रता खोसिएको र आफू दिनदिनै प्रताडित भएको र रोएको बताउँदै आएकी थिइन्। हालै मात्र उनको पिता जेमीले संरक्षकको भूमिका त्यागेकी हुन्।

 

View this post on Instagram

 

A post shared by Britney Spears (@britneyspears)

संरक्षकत्व के हो?

अमेरिकामा मानसिक स्वास्थ्यका विभिन्न समस्याका कारण आफ्नो लागि निर्णय गर्न असमर्थ व्यक्तिलाई अदालतले संरक्षकत्व प्रदान गर्न सक्छ। स्पियर्सको संरक्षकत्वका दुई पाटा थिए। पहिलो उनको सम्पत्ति र वित्तीय गतिविधि र अर्को व्यक्तिको रूपमा उनी। उनले सन् २००८ यता आफ्नो सम्पत्ति चलाउन पाएकी थिइनन्।


प्रतिक्रिया दिनुहोस्