२८ महिनापछि १ लाख धरौटीमा छुटे विप्लव समूहका नेता भरत बम

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ५ : २२


काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम रणविरलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

बिहिबार सर्वोच्च अदालतमा भएको सुनवाई पछि नेता बम रिहा भएका छन।

बमलाई नेकपामाथि प्रतिबन्ध लागेकै बेला प्रहरीले २ बर्ष अघि नेपालगञ्जबाट पक्राउ गरेको थियो।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गर्दै सबै नेता कार्यकर्तालाई निशर्त रिहा गर्ने जनाएको थियो। तर, सहमति कार्यान्वयन नहुँदा विप्लव समूहको अझै धेरै कार्यकर्ता जेलजिवन बिताइरहेका छन।

 


प्रतिक्रिया दिनुहोस्