३ हजार ७५ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : ५१


काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा दुई हजार ३२१ र चार हजार ४९२ एन्टिजेन परीक्षणमा ७५४ जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै पीसीआर परीक्षण गर्दा हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार २२८ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७८ हजार ३७७ छ।

सो अवधिमा थप दुई हजार १२६ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ।

हाल ३७ हजार ११४ होम आइसोलेसनमा तथा तीन हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन्। त्यसैगरी ७३९ आइसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ।

३३ मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यस अवधिमा ९१ हजार ११ ले खोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस्