सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारीमा विरेन्द्र वैदवार नियुक्त

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : ४३


सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिले विरेन्द्र वैदवार क्षेत्रीलाई ४ वर्षको लागी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गररेको छ । सिद्धार्थ इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरी कायम मुकायम प्रमुख कार्यकारी हुँदै , चार वर्षे प्रमुख कार्यकारी को जिम्मेवारी सफलता पुर्वक पुरा गरेका निजलाई दोस्रो कार्यकाल ४ वर्षको लागी प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट FIII उपाधी हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तीको रुपमा परिचित रहेका छन भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेे प्रशासकको रुपमा मानिन्छ ।

 


प्रतिक्रिया दिनुहोस्