वृज सिमेन्टद्धारा धादिङ्गमा ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्न सहयोग प्रदान

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ४ : ३६


हाम्रो वृज सिमेन्ट ई. प्रा. लि., जो मिस नेपाल प्रतियोगीताको प्रायोजकको रूपमा विगत ५ बर्ष देखि संलग्न हुँदै आइरहको छ, यस अवसरलाई हामीले गौरन्वान्वित महशुस गर्दै मिस नेपाल पेजेन्टसँगको सम्बन्धलाई निरन्तरता दिन पाउँदा अत्यन्त हर्षित पनि छौं । मिस नेपाल ब्रान्ड सँग हाम्रो प्रगाढ सम्बन्ध निरन्तर रुपमा आगाडि बढ्ने प्रतिबद्धता समेत हामी गर्न चाहन्छौं । यही डिसेम्बर २०२१ मा प्यूर्टो रिको मा हुनगइरहेको मिस वर्ल्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठ द्धारा प्रस्तुत गरिने ’ब्यूटी विथ ए पर्पाेज’ परियोजनमा वृज सिमेन्ट सहभागी हुन पाएकोमा हामी गौरन्वान्वित छौं ।

’व्यूटी विथ ए पर्पाेज’ मिस वर्ल्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ । यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेकोे छ । यस वर्ष नम्रता श्रेष्ठले आफ्नो ’व्यूटी विथ ए पर्पाेज’ प्रोजेक्टको लागी धादिङ्ग जिल्लाको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेको जानकारी पाउँदा खुशी लागेको छ । उहाँलाई सफलता प्राप्त हुने नै छ ।

देशको विकटÞ र कुना काप्चामा बसोवास गर्ने मानिसहरु आफनो जीवीकोपार्जनको लागि कस्टकर संघर्ष गरिरहेका हुन्छन् । नदीनाला तथा खोलाहरुको कारणले बर्षायाममा अत्यधिक पुल तथा बाटाघाटा क्षति हुने एवं यातायात, संचार तथा दैनिक आवतजावत अत्यन्त कठिन हुन्छ । यसको चपेटामा यही दुर्गम ठाउँमा बस्ने मानिसहरु यसको प्रत्यक्ष मार्कामा परिरहेका छन् । त्यसैले उक्त समस्यालाई ध्यानमा राखी मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ’व्यूटी विथ ए पर्पाेज’ परियोजना अन्र्तगत धादिङ्ग जिल्ला, निलकण्ठ गाउँपालिकको १२ र १३ वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना गर्नुभएको कुरा जानकारीमा आएकोले उहाँको सतप्रयास र उत्साहका लागि वृज सिमेन्ट ई. प्रा. लि. उहाँलाई हार्दिक नमन गर्दछ।

मिस नेपाल २०२० नम्रता श्रेष्ठ मार्फत यो पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाईजेसन अन्र्तगतको संस्था वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको व्यहोरा घोषणा आज आयोजित यसै कार्यक्रमबीच घोषण गर्न पाउँदा हामीलाई हर्ष लागेको छ । यस कार्यक्रममा वृज सिमेन्ट ई. प्रा. लि.का तर्फबाट वृज सिमेन्टका अध्यक्ष्य श्री ताराचन्द केडियाज्यू एवं इण्डष्टीजका कार्यकारी निर्देशक श्री मोहित केडिया ज्यू बाट मन्तव्य राख्नु भै कार्यक्रमको समापन भयो ।

पुष्पातारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्था लगायत विभिन्न क्षेत्रहरुमा आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ । स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्थाको रुपमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्