मास्क लगाउन अटेर गर्ने बेलायती नागरिकलाई सिंगापुरमा ६ हप्ता जेल

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ३ : १३


मास्क लगाउन नमान्ने एक बेलायती नागरिकलाई सिंगापुरमा ६ हप्ताको जेल सजाय दिइएको छ। ती नागरिकले दोहोर्याउँदै मास्क लगाउन अटेर गरेपछि जेल सजाय दिइएको हो।

सीएनएनका अनुसार बेलायतका ४० वर्षीय बेन्जामिन ग्लिनलाई जेल सजाय दिइएको हो। यसअघि मे महिनामा उनले रेलमा मास्क लगाएका थिएनन्। त्यसपछि अर्कोपटक उनले मास्क नलगाई सार्वजनिकस्थानमा होहल्ला गरेका थिए।

यसअघि गत फेब्रुअरीमा अर्का बेलायती नागरिक क्वारेन्टिनमा हुँदै आफ्नी प्रेमी भेट्न जाँदा दुईहप्ता जेल गएका थिए। जेलमा क्वारेन्टिनको नियम पालना गराइएको थियो।


प्रतिक्रिया दिनुहोस्