नेप्सेमा २० अंकको गिरावट, ११ अर्ब बढीको कारोबार

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ३ : ०७


काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ।

नेप्से परिसुचक आज १८.१७ अंकले घटेर ३१८१.११ को बिन्दुमा बजार बन्द भएको छ।

आज १८८०१७ कारोबारमा ३०९१२६९७ कित्ता सेयरको किनबेच भई २०४९९२१०७६६.५ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२९ कम्पनीको सेयर किनबेच भएको हो।

यस दिन बीमाका लगानीकर्ताले भने राम्रो मूल्य कमाएका छन्।

जीवन बीमा समूह सबैभन्दा धेरै ४६८ अंकले बढ्यो भने निर्जीवन बीमा समूह ४५७ अंकले बढ्यो। त्यस्तै अन्य ३४ र माइक्रोफाइनान्स ५० अंकले बढे।

यी हुन आज धेरै कमाउने र गुमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्