बन्दुक बोकेका तालिबान अगाडि नै महिलाले गरे प्रदर्शन (भिडिओ)

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  १ : ३८


गत आइतबारदेखि नै अफगानिस्तान तालिबानको कब्जामा छ। तालिबानको आगमनसँगै महिलाहरुको अधिकार खोसिने अनुमानका बीच तालिबानले मुस्लिम धर्मअनुसार महिलाले अधिकार प्राप्त गर्ने बताएका छन्। तर जब उनीहरु दुई दशक अगाडि सत्तामा थिए, उनीहरुले महिलालाई विद्यालय जानबाट बन्चित गरेका थिए।

यद्यपी तालिबानका प्रवक्ताले केहीदिन अगाडि मात्र महिलालाई काम गर्न दिइने र पढ्न दिइने बताएका छन्। महिला अधिकार खोसिने त्रासबीच राजधानी काबुलमा महिलाहरुले भने तालिबानको विरोध गरेको देखिएको छ। हालै तालिबानविरुद्ध प्रदर्शन हुँदा भीडमा तालिबानले बन्दुक नै चलाएका थिए।

महिलाहरुले गरेको प्रदर्शनमा भने तालिबानले बन्दुक नचलाएको बताइएको छ। सार्वजनिक भिडिओमा देखिएअनुसार बन्दुक बोकेका तालिबान अगाडि नै केही महिलाहरुले तालिबानको विरोध गरेका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्