मन्त्रिपरिषद बिस्तारबारे कुरा गर्न नेपाल र प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न बालुवाटारमा

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ११ : २९


पार्टी विभाजन गरेपछि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री शेर बहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्।

नयाँ पार्टी स्थापना गरेपछि पूर्व प्रधानमन्त्री नेपाल नयाँ पार्टी नेकपा एमाले समाजवादीका अध्यक्ष हुन्। बिहीबार बिहानै देउवा भेट्न प्रचण्ड र नेपालबी बालुवाटार पुगेका हुन्। पार्टी विभाजन भएसँगै नेपाल पक्षलाई सरकारमा जान सहज भएको छ।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले भेटवार्ता जारी रहेको जानकारी दिएका छन्। समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको बताइएको छ।

सरकारले २० प्रतिशतले दल विभाजन गर्द पाउने अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।


प्रतिक्रिया दिनुहोस्