तालिबानद्वारा भारतसँगको व्यापार बन्द, चीनलाई प्राथमिकता

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ११ : ०१


तालिबान अफगानिस्तानको शक्तिमा आएसँगै अफगानिस्तान र भारतबीचको व्यापार बन्द भएको छ। भारतले तालिबानले व्यापार बन्द गरिदिएको जानकारी दिएको हो। भारत र अफगानिस्तानको व्यापार विशेष गरी सडक मार्गबाट हुँदै आएको थियो।

भारतको फेडेरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसन एफआईईओका अनुसार तालिबालने सवारीको आवत–जावत रोकिदिएका छन्। जसका कारण लाखौं डलरको सामान आयात र निर्यात हुन पाएको छैन। व्यापारको मामिलामा अफगानिस्तान भारतको सबैभन्दा ठूलो सहयोगी हो। अफगानिस्तानमा ड्याम बनाउन, विद्यालय तथा सडक निर्माण गर्न भारतले लाखौं डलर लगानी गरेको छ।

एफआईईओका महानिर्देशक डाक्टर अजय सहायले समाचार संस्था एएनआईलाई भनेका छन्,‘अफगानिस्तानको स्थितीमा हामीले लगातार नजर राखेका छौं। त्यहाँबाट आयात भएको सामग्री पाकिस्तानको सडक हुँदै भारत आउँछन्। अहिले भने तालिबानले पाकिसतानतर्फ जाने सबै मालवाहक सवारी रोकिएका छन्। आयात पुरै ठप्प पारेको छ।’

इन्टरनेसनल ट्रेड सेन्टरको रिपोर्टअनुसार भारतले अफगानिस्तानमा सबैभन्दा बढी ड्राइफ्रुट निर्यात गर्दछ। तर तालिबानको आगमनसँग अवस्था फेरिने देखिएको छ। चीनले यसअघि नै अफगानिस्तान पुनः निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो भने तालिबानले चिनियाँ लगानीको आशा राखेका छन्।

अब तालिबानले भारतसँगको सम्बन्धलाई त्यागेर चीनसँग व्यापार गर्न थाल्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्