बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यद्वारा सपथ ग्रहण

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ०२


काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी छन।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनले आजै सपथ ग्रहण गरेकी छन्।

मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले बुधबार राति पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए।

नेकपा एमालेमा माधव नेपाल पक्षीय रहेकी नेतृ शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि एमालेले उनलाई मुख्यमन्त्री बनाएको हो। शाक्य नेपालमै पहिलो महिला मुख्यमन्त्री बनेकी छन।


प्रतिक्रिया दिनुहोस्