प्रेमिका पढ्नमा कमजोर थिइन्, महिलाको भेषमा प्रेमी परीक्षा दिन गएपछि…

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ३९


प्रेमिका पढ्नमा कमजोर भएपछि एक युवकले प्रेमिकालाई परीक्षामा पास गर्न मद्दत गर्ने उद्देश्यले महिलाको भेषमा परीक्षा दिन पुगेका छन्। यो घटना पश्चिमी अफ्रिका सेनेगलको हो। जहाँ एक युवक आफ्नी प्रेमिकाको परीक्षा दिन महिलाको भेषमा परीक्षास्थल पुगेका थिए।

पुरुष भएर महिलाको भेषमा परीक्षा दिन पुगेपछि गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा परीक्षा दिइरहेकै बेला ती युवा पक्राउ परेका हुन्। २२ वर्षका खादिमका अनुसार प्रेमिका परीक्षामा अनुतिर्ण हुने देखेपछि उनी नै परीक्षा दिने निधो गरेका हुन्।

खादिमले हाई स्कूलको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यु डिओमलाई मद्दत गर्न लागेका थिए। खादिमले महिलाजस्तो देखिनका लागि स्कार्फ, कानका झुम्का, मेकअप गरेर ब्रासमेत लगाएका थिए। तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा दिएपछि मात्र उनी पुरुष भएको खुलेको हो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्