झण्डाको विरोधमा प्रदर्शन भएपछि तालिबानले गोली चलायो (भिडियो)

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ३०


काबुल । तालिबान समूहले विभिन्न सरकारी कार्यालयमा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै भएको प्रदर्शनकाक्रममा गोली चलाएको छ।

अफगानिस्तानको जलालबाद शहरमा स्थानीयले राष्ट्रिय झण्डाको पक्षमा प्रदर्शन गरेपछि तालिबानहरुले गोली चलाएका हुन।

जलालबाद शहर लगायतका सरकारी कार्यालयमा तालिबानको झण्डा हटाएर राष्ट्रिय झण्डा राखिनुपर्ने भन्दै प्रदर्शनहरु सडकमा उत्रिएका थिए।

सो भिड नजिकै तालिबान कार्यकर्ताले गोली चलाएका हुन। गोली लागेर केहि घाइते भएका छन। थप विवरण आँउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्