माधव नेपालको पार्टीमा एमालेका ५८ केन्द्रीय सदस्य, ५ प्रभावशाली नेताले छाडे साथ

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : १२


काठमाडौं । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेबाट वरिष्ठ नेता माधव कुमार नेपाल अलग भएका छन।

नेता नेपालले आजै निर्वाचन अयाोगमा नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टी दर्ता गरेका छन। उनको पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ।

नयाँ पार्टीमा नेकपा एमालेका ५८ जना सहित ९५ सदस्यीय केन्द्रीय समिति बनाएइएको छ। वरियताको शीर्ष स्थानमा नेता नेपाल छन।

ओली विरुद्धको संघर्षमा सुरुवाति अवस्थादेखिनै साथ दिएका केहि नेताहरु भने नेपालको पार्टीको पक्षका देखिएनन्।

एमाले उपाध्यक्ष भीम रावल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यले अन्तिम समयमा नेता नेपाललाई छाडेका हुन।


प्रतिक्रिया दिनुहोस्