३ हजार ४०३ कोरोना सङ्क्रमित थपिए, ४२ जनाको मृत्यु

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ५ : ००


काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पिसीआर परीक्षणमा दुई हजार ६१३ र चार हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै पिसीआर परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या सात लाख ३९ हजार ९०७ पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७७ हजार ६२६ छ। सो अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार १७३ पुगेको छ।

हाल ३३ हजार ८०८ होम आइसोलेशनमा तथा तीन हजार ५३२ जना संस्थागत आइसोलेशनमा छन्।

त्यसैगरी ७७० आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ रहेको छ।

४२ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ४२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यस अवधिमा ८४ हजार १३३ ले खोप लगाएका छन्।


प्रतिक्रिया दिनुहोस्