तालिबान सत्तामा आएसँगै काबुलका ब्युटिपार्लरमा राखिएका सुन्दरीका पोष्टर मेटाईंदै

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ३९


काठमाडौं । विद्रोही समूह तालिबान सत्तामा आएसँगै पछिल्लो समय अफगानिस्तानका मानिसहरुमा मनोत्रास बढ्दो छ।

कट्टरपन्थी समूह तालिबानले महिलाहरुले छोटा कपडा लगाउन नहुने लगायतका रुढीवादी मुल्यमान्यता बोक्दै आएको छ।

तालिबान सत्तामा आएसँगै महिलाहरुका अधिकार कटौती हुनेमा पश्चिमा मुलुकहरुले चिन्ता व्यक्त गर्दै आएका छन।

सत्ताकब्जासँगै पहिलो पटक पत्रकार सम्मेलन गरेका तालिबान प्रवक्ताले महिलाहरुलाई धार्मिक मुल्यमान्यता अनुसार अधिकार दिइने बताएका छन।

अहिले सरकार गठनबारे गृहकार्यमै रहेको तालिबान समूहले हालसम्म कुनै नीति सार्वजनिक गरेको छैन। तर, राजधानी काबुल लगायतका शहरहरुमा मानिसहरु व्युटीपार्लर अगाडी राखिएका सुन्दरीहरुका तस्विर मेटाउँदै गरेको सार्वजनिक भएका भिडियोमा देख्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्