नेपालको पहिलो महिला मुख्यमन्त्री बन्दै शाक्य, पौडेलले दिए राजीनामा

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ४ : ०५


काठमाडौं । नेकपा एमालेमा विभाजन आएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै अब नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने भएकी छन।

आज हेटौँडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ।

एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय गरेको हो। यो सँगै शाक्य नेपालमा पहिलो महिला मुख्यमन्त्री बन्ने भएकी छन।


प्रतिक्रिया दिनुहोस्