फेसबुकको नजरमा तालिबान आतंकवादी, लगायो प्रतिबन्ध

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ३४


फेसबुकले तालिबान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएको छ। तालिबानलाई आफूले आतङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको फेसबुकको भनाइ छ। फेसबुकले तालिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ।

तालिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ। तीव्र गतिमा अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि प्रविधि कम्पनीहरूलाई तालिबानका सामग्रीलाई कसरी हेर्ने भन्ने कुरामा समस्या परेको छ।

‘अमेरिकी कानुनले तालिबानलाई आतङ्ककारी संस्था मान्छ र हामीले उनीहरूलाई हाम्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छौँ। यसको अर्थ उनीहरू वा उनीहरूका लागि बनाइएका अकाउन्टहरू बन्द गर्ने, र उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री हटाउने हो’ फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भनेका छन्।

‘अफगानिस्तानको स्थानीय विषय बुझेका विज्ञहरूको एउटा समूह छ जसले त्यस्ता कुराहरूको पहिचान गरेर हामीलाई सचेत गराउँछन’ उनले भने। फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्सएपमा पनि लागु हुने बताएको छ।


प्रतिक्रिया दिनुहोस्